• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

धरानमा कञ्चटमा हिर्काएर आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ


  • धनकुटा खबर
  • .

सुनसरी। धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका-११ कविर्ताचोक २८ वर्षीय दीपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा राईलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए। राईलाई अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको रेग्मीले बताए।

दीपकले मादक पदार्थ सेवन गरेर रमनश्वरीलाई कञ्चटमा प्रहार गरेको रेग्मीले बताए। ‘कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन्, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो,’ रेग्मीले भने।उनीहरूको पारिवारिक झगडा के हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘अहिले हत्या गरेका छोरालाई हामीले हिरासतमा राखेर अनुसन्धान थालेका छौं,’ रेग्मीले भने, ‘के चिजले कञ्चटमा प्रहार गरेको स्पष्ट खुलिसकेको छैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖