• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस बैठकस्थलमा भात सकिएपछि …


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक ललितपुरको गोदावरीमा जारी छ। करिब २३ सय प्रतिनिधि सहभागी रहेको बैठकको भोजन व्यवस्थापनका लागि केन्द्रीय सदस्य उदय शमशेर राणा नेतृत्व उपसमिति गरेको थियो।

कांग्रेसले बैठकमा भोजनको जिम्मा अनुपम फुडल्याण्ड एण्ड बेङ्क्वटले जिम्मा लिएको छ। बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेपछि लञ्ज ब्रेक भयो।

ब्रेक भएपछि खानाको लाइनमा महासमितिका सबै सदस्यहरू लागे। खानाको लागि ननभेजको ९, भेज २ र हलालको १ स्टेसन बनाइएको छ। तर, नेताहरू खाना खान आएको २५ मिनेटसम्ममै खान सकियो।

त्यहाँ रहेकाहरूले तरकारी मात्र खाएर खानाको प्रतीक्षा गरिरहे । त्यसपछि करिब आधा घण्टा बढीसम्म आएन। खाना नखाएपछि लाइन लाग्नेमध्ये एक थिए अर्थमन्त्री प्रकाश शरण महत पनि।

खानाको लागि करिब १० मिनेट लाइन मा बसेर पनि खाना नआएपछि उनी त्यहाँबाट प्लेट राखेर स्वयम सेवकलाई चाँडो व्यवस्थापन गर्न भन्दै हिँडे । मन्त्री हिँडेको १५ मिनेट पछि मात्रै खाना आयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖