• Saturday 17th of October 2026

गठबन्धनलाई एमालेको चुनौती


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ प्रतिष्पर्धाका लागि गठबन्धन दललाई चुनाैती दिनुभएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबारदेखि सुरु भएकाे पार्टीकाे केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले सत्ताकाे चरम दुरुपयाेग गरेर नभइ हरेक ठाउँमा स्वस्थ प्रतिष्पर्धामा उत्रिन गठबन्धनलाई चुनाैती दिनुभयाे ।

गठबन्धनले देशकाे हितविरुद्ध काम गरिरहेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले विचार, संगठन, नीति ‘गठबन्धनले हाम्रा विरुद्ध सही आलाेचना गराेस्, तथ्यआधारित आलाेचना गराेस्, हामीसँग वैचारिक, संगठनात्मक, विचारमा, नीतिहरुमा, कार्यक्रम र कार्ययाेजनामा, विभिन्न क्षेत्रहरुलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा, राम्रा असल कामहरुमा प्रतिष्पर्धा गराेस्, हामी प्रतिष्पर्धामा विश्वास गर्छाैं राम्रा कुरामा, तर गठबन्धनले झुठा लाञ्छना र अफवाह चलाइरहेकाे छ, हामी झुटा लाञ्छनाकाे विराेधमा छाैं, स्वच्छ र स्वस्थ प्रतिष्पर्धाका लागि हामी गठबन्धनलाई फेरी पनि चुनाैती दिन्छाैं ।’

वैचारिक, सांगठनिक, व्यवहारिक लगायत सबै राम्रा प्रतिष्पर्धा स्वस्थ ढंगले गर्न गठबन्धनलाई सुझाउँदै उहाँले गठबन्धनलाई सत्ताकाे दुरुपयाेग नगर्न चेतावनी दिनुभयाे । चुनावमा पनि राज्यसत्ताकाे दुरुपयाेग गर्ने, बुथ कब्जा गर्ने मानिस मार्ने, जहिलेपनि राज्यशक्तिकाे दुरुपयाेग गर्ने, अनुचित शक्तिकाे सहारा लिने काम नगर्न पनि अध्यक्ष ओलीले गठबन्धनलाई चेतावनी दिनुभयाे ।

देश र जनताका लागि हानिकारक रहेकाे गठबन्धनले एमालेका विरुद्ध फैलाएका भ्रमणहरु पनि उत्तिक्कै हानिकारक रहेकाे उहाँले बताउनुभयाे । राष्ट्रिय शक्ति काेही छैन भन्ने भाष्य दिन खाेजेकाे भन्दै अध्यक्ष ओलीले अहिलेकाे गठबन्धनले आफूसँगै एमाले र देशलाई पनि डुबाउन खाेजेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘राष्ट्रिय शक्ति काेही छैन भन्ने भाष्य दिन खाेजेकाे छ, काेही आए हुन्छ भन्ने भाष्य दिन खाेजेकाे छ, आफूसँगै एमालेलाई डुबाउन खाेजेकाे छ, आफूसँगै देश पनि डुबाउन खाेजेकाे छ,य कुराबाट एमालेले आफूलाई माथि उठाउनुपर्छ, देशलाई जाेगाउनुपर्छ, सुशासन र विकासकाे कामलाई अगाडि बढाउने दायित्व एमालेकाे काँधमा छ ।’

गठबन्धनले देशकाे हितविरुद्ध काम गरिरहेकाे भन्दै अध्यक्ष ओलीले देशमा भ्रष्टाचार माैलाइरहेकाे बताउनुभयाे । भ्रष्टाचार काण्डकाे छानबिन गर्न सरकारले जाँगर नदेखाएकाे उहाँले बताउनुभयाे ।
गिरीबन्धुबारे अदालतकाे फैसला मान्ने भन्दै अध्यक्ष ओलीले अदालतले निष्पक्ष फैसला गर्नुपर्ने बताउनुभयाे ।

बाँसबारी जग्गाकाण्डमा पक्राउ परेका व्यवसायी अरुणकुमार चाैधरीलाई छुटाउने न्यायाधीशप्रति उहाँले असन्तुष्टि जनाउनुभयाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖