• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

तीनजना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

दोलखाको कालिन्चोक गाउँपालिका-२ बाबरेस्थित पाखो बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७६ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

उता सुनसरीको रामधुनी नगरपालिका-७ पन्चायन बस्ने ४१ वर्षीय बिर्ख बहादुर मगर सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै तनहुँको ऋषिङ गाउँपालिका-७ सुसेभञ्ज्याङ बस्ने ६६ वर्षीय लोक बहादुर रानाभाट आफ्नै घरको बार्तलीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖