• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विप्लवका २ कार्यकर्ता पक्राउ


  • धनकुटा खबर
  • .

धम्क्याउँदै ५० लाख रुपैयाँ मागेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ जना कार्यकर्ता पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीको टीकापुर नगरपालिका–१ का ३६ वर्षीय विश्वजित बटाला भनिने ह्दयराज बोगटी र नुवाकोटको ककनी नगरपालिका–३ का ३६ वर्षीय रमेश भनिने नरहरि ढुंगाना छन्।

उनीहरुले फोन सम्पर्कमार्फत् तथा पटक–पटक भेटघाट गरी धम्की दिँदै ५० लाख मागेको सूचनाका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

उनीहरुलाई फागुन ६ गते चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँबाट पक्राउ गरिएको रेग्मीले बताए। पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

उनीहरुविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरुबाट मोटरसाइकल १ थान, ४ थान मोबाइल र नेपाल कम्युनिष्ट पार्टी माओवादीको सहयोग रसिद १ ठगी बरामद भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖