• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • धनकुटा खबर
  • .

दाङमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको छ ।

मोटरसाइकल पुनले चलाएका थिए भने भण्डारी पछाडि सवार थिए ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही बजार नजिकै घोराही उपमहागनरपालिका नम्बर १६ सर्रा चोकमा बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो।

घाइेलाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको केही बेरमै पौने ७ बजेतिर दुवैलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖