• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला,धारिलो हतियार प्रयोग गरि हत्या


  • धनकुटा खबर
  • .

काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो।

‘तीन जनाको शव फेला परेको छ। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दैछ,’ उनले भने, ‘कस्तो अवस्थामा थियो भन्ने पछि आउला।’
शव घरभित्र फेला परेको हो। घटनास्थलमा प्रहरीको टोली पुगेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि अनुसन्धानका लागि खटिएको छ।

कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार दुई बच्चा र एक महिला मृत फेला परेका हुन्। बालिकाहरू एक जना अन्दजी डेढ दुई वर्ष र एक जना अन्दाजी ७/८ वर्षका छन्। उनीहरूमाथि धारिलो हतियार प्रयोग भएको छ। श्रीमान भने फरार छन्।

‘घरेलु हतियार प्रयोग भएको छ। श्रीमान घटनास्थलमा फेला परेका छैनन्,’ उनले भने।

थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖