• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ओखलढुंगा घर ! स्वयम्भू घटनामा मृतक तीनै जनाको सनाखत, घटनास्थलमा फेला परेनन् श्रीमान


  • धनकुटा खबर
  • .

काठमाडौंको स्वयम्भूमा मृत फेला परेका तीन जनाको सनाखत भएको छ।
बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने एकै परिवारका तीन जना मृत फेला परेका हुन्।

उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ।
अहिले प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।

कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार दुई बच्चा र एक महिला मृत फेला परेका हुन्।

ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका छन्।

घटनास्थलमा श्रीमान राजु घिमिरे फेला परेका छैनन्। घटनास्थलमा फेला नपरेको भन्दै प्रहरीले श्रीमानमाथि शंका गरेको छ।

‘श्रीमान घटनास्थलमा फेला परेका छैनन्। उनी शंकाको घेरामा छन्। हामीले अनुसन्धान गर्दैछौं,’ एसपी रेग्मीले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖