• Saturday 17th of October 2026

श्रीमती र दुई बालिकाको हत्यापछि ससुरालाई फोन गरेर राजुले गरे आत्महत्या !


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको पाइएको छ ।

सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ । श्रीमती र दुइ बालिकाको हत्यापछि उनले आफ्नै ससुरालाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी पूर्णिमा कुमारी चन्दले श्रीमती र दुई बालिकाको हत्यापछि ह्वाइट गुम्बा नजिकै रहेको जंगलमा झुन्डिएको अवस्थामा राजुलाई फेला परेको जानकारी दिइन् । हत्या गरिएका दुई बालिकामध्ये एक छोरी र एक नातिनी रहेको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । आफन्तले दिएको जानकारीअनुसार एक नातिनी हुन सक्ने प्रहरीको भनाइ छ ।

तर के कारणले हत्या गरिएको र आत्महत्या भन्ने कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । काठमाडौंका एसपी नवराज अधिकारीले कोठामा तीन जनाको शव फेला परेको जानकारी गराएका थिए ।

घटनाको अनुसन्धानका लागि अहिले प्रहरीको टोली सीतापाइला पुगेको छ । राजुले घर बनाउने काम गर्दै आएको पाइएको छ । अहिले अनुसन्धान प्रक्रिया सुरु भएको बताउँदै प्रहरीले केही समयपछि घटनाका बारेमा जानकारी गराइने बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖