• Saturday 17th of October 2026

म्याकुरी पत्नीसँगको झगडामा मुखभरि घाउ लिएर मिडियामा


  • धनकुटा खबर
  • .

काठमाडौँ : हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र उनकी पत्नी सुम्निमा खालिङको विवाद यतिखेर सञ्चारमाध्यममा छताछुल्ल भएको छ। यसै क्रममा पवन मुखभरि घाउ लिएर अन्तर्वार्तामा देखिएका छन्। जुन भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

पवनले श्रीमती सुम्निमा र केही अभियन्ताले आफूलाई कुटपिट गरेको दाबी गरेका छन्। सार्वजनिक भिडिओ क्लिप्लसमा पवनले आफूले अन्यायमा परेको भए पत्नी सुम्निालाई अदालतमा मुद्दा हाल्न सुझाव दिएको तर उनले त्यसो नगरी मिडियाबाजी गरेको आरोप लगाएका छन्।

साथै उनले आफूले कुनै गल्ती नगरेको र गल्ती भेटिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको जिकिर गरेका छन्। ‘तपाईंहरूले मेरो गल्ती भेटियो भने निष्फिक्री क्या! म जस्तोसुकै सजाय पनि भोग्न तयार छु। यत्ति बोल्छु अहिलेलाई म’, उनले मुखभरि घाउ लिएर भनिरहेका छन्।’

उहाँ (सुम्निमा) ले पनि यही भन्नुहुन्छ नि भन्ने प्रश्नमा पवन भन्छन्, ‘त्यो कुरा त आउला नि त, सजाय। यो कुरा लिएर त अदालत जानुपर्थ्यो नि, होइन र? पुलिसकोमा जानुपथ्र्याे नि? हिजो र अस्तिको दिन पुलिसकोमा जाँदाखेरि प्रहरीले यो केस भनेको यस्तो केस हो, अदालत जानु भन्दाखेरि उल्ले उल्लाई हाल न मुद्दा, तिमी हाल मुद्दा, भख्दाखेरि ऊ नहाल्ने! अनि म आज वकिलकोमा गाँथेँ। दिनभरि, मेरा नागरिकताहरू यहीँनिर छ। उसको डकुमेन्टहरू लिएर म गको थिएँ मुद्दा हाल्न। जाँदाखेरि त्यसपछि यो कुराहरू आयो। अचम्म लाग्यो क्या मलाई। कानुनी रूपमा जाँदाखेरि न्याय दिन्छ त हो कानुनले यार! दिँदैन र? सबै कुरा मिडिया होइन नि त!’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖