• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सीतापाइला घटनाः चारैजनाको शव शिक्षण अस्पतालमा, पोस्टमार्टम हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं– सीतापाइला घटनामा ज्यान गुमाएका चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। सीतापाइलामा डेरा गरेर बस्ने राजु घिमिरे भनिने काजी विकले हत्या गरेका तीनजनाको शव शिक्षण अस्पताल लगिएको हो।

पत्नी, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका काजीको पनि शव रुखबाट निकालेर यसअघि नै शिक्षण अस्पताल पठाइएको थियो।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार सोलुखुम्बुको दूधकोशी गाउँपालिका घर भई नागार्जुन नगरपालिका–६ सीतापाइलास्थित भैरव टोलमा डेरा गरी बस्दै आएका बिकले आफन्तको ज्यान लिएपछि आत्महत्या गरेका हुन्।

३७ वर्षीय विकको शव सीतापाइलास्थित डेराभन्दा माथि डाँडाको रुखमा झुण्डिएको अवस्थामा बुधबार दिउँसो फेला परेको थियो। प्रहरीका अनुसार सीतापाइलामा डेरा गरी बस्दै आएकी ३८ वर्षीया ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी (छोराकी छोरी) शिवानी श्रेष्ठको बिहानै कोठामा फेला परेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖