• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सीतापाइला हत्याकाण्ड: ‘बलात्कारको आरोप लगाएका पुरुषसँगै जान्छु’ भनेपछि ईश्वरी–काजीबीच तनाव


  • धनकुटा खबर
  • .

काठमाडौं। सीतापाइलामा तीन जनाको हत्या गरेपछि आत्महत्या गरेका राजु घिमिरे भन्ने काजी विश्वकर्मा र श्रीमती ईश्वरी श्रेष्ठबीच लामो समयदेखि सम्बन्ध सुमधुर नरहेको पाइएको छ।

ईश्वरीसहित तीन जनाको हत्यापछि राजुले आत्महत्या गर्नुअघि मोबाइलमा भिडियो रेकर्ड गरेका थिए। त्यसमा उनले श्रीमतीको परपुरुष सम्बन्धका कारण आफु तनावमा रहेको र उक्त निर्णय लिएको उल्लेख गरेका छन्। आफू श्रीमतीको व्यवहारबाट आजित भएको आशय उनले व्यक्त गरेका छन्।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनीहरुका मोबाइलमा भेटिएको अडियो भिडियोहरुमा दुई जनाबीच सम्बन्ध राम्रो नरहेको देखिन्छ। स्रोतका अनुसार आफैले बलात्कारको आरोप लगाएका व्यक्ति छुटेपछि उनैसँग जान्छु भन्दै ईश्वरीले काजीलाई भन्ने गरेको पनि मोबाइलमा फेला परेको छ।

ईश्वरीले बलात्कारको आरोप लगाएका ५१ वर्षीय काठमाडौंको रामकोट बस्ने एक व्यक्ति गत फागुन १ गते ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। ती व्यक्ति छुटेपछि ईश्वरी-काजीबीच सम्बन्ध थप बिग्रिएको अनुसन्धानबाट खुलेको छ।

‘ईश्वरी र उनले आरोप लगाएका ती व्यक्तिबीच राम्रै सम्बन्ध रहेको देखिन्छ। बीचमा बलात्कारको आरोप लगाउनु र अहिले आएर उनैसँग जान्छु भन्दै श्रीमानसँग निहु खोज्नुले परपुरुष सम्बन्ध नै यो घटनामा जोडिएको देखिन्छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖