• Saturday 17th of October 2026

पूर्वसांसदसहित आजपाका प्रभावशाली नेताहरू एमाले प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीका प्रभावशाली नेता नेकपा एमाले प्रवेश गरेका छन् । पूर्व प्रदेश सांसद तथा आजपा उपमहासचिव कुन्दन कुस्वाहा, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार शाह, सरफलाल महतो, दीपककुमार दुबे, सुरेन्द्रप्रसाद चौधरीलगायत एमाले प्रवेश गरेका हुन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका नेताले खादा र टीका लगाएर उनीहरूलाई एमालेमा स्वागत गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖