• Saturday 17th of October 2026

गल्ती स्वीकार नगरेसम्म ओलीले माधव-झलनाथलाई एमालेमा नभित्र्याउने


  • धनकुटा खबर
  • .

काठमाडौं,१० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नेहरुलाई यत्तिकै पार्टीमा नफर्काउने भएका छन् ।

बिहीबार मधेश प्रदेश सभाका पूर्वसांसद सहितका नेताहरुलाई पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सग्लो एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले एमालेमा आउनुअघि आफ्नो गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् ।

‘उनीहरूलाई दुईतिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तिब्रताका साथ रहेको छ ।’

ओलीले आज पूर्व प्रदेश सभा सदस्य तथा आम जनता पार्टीका उप महासचिव कुन्दन कुस्वाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाह, सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरीलगायतलाई एमाले प्रवेश गराएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖