• Saturday 17th of October 2026

होमागाईंले सम्हाले रौतहट सशस्त्र प्रहरीको कमाण्ड


  • धनकुटा खबर
  • .

रौतहट । सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्। एसपी हुमागाईंले सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका हुन् ।

सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरी बाट सरुवा भएर आएका एसपी हुमागाईं विधिवत रूपमा बुधबार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । २०५९ सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए ।

यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी माधव रेग्मीको सशस्त्र प्रहरी बल नेपाल प्रशासन कार्यालय सीमा सुरक्षा विभाग काठमाडाैँ सरुवा भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖