बारा । बाराको पिलुवामा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा २ जना घाइते भएका छन् ।
निजगढ सडकखण्डअन्तर्गत पिलुवा नजिकको जंगलमा बुधबार दिउँसो बाघको आक्रमणमा परी मोटरसाइकल चालक र यात्रु घाइते भएका हुन् ।
पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको बाघले भरतपुरबाट रौतहटतर्फ जाँदै गरेको ना ३६ प ५०११ नम्बरको मोटरसाइकलमा आक्रमण गरेको हो ।
आक्रमणबाट रौतहटको बौधीमाई नगरपालिका ३ का राजु साह बानियाँ र कृष्ण साह बानियाँ घाइते भएका छन् । उनीहरूको निजगढस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
