• Saturday 17th of October 2026

सन्दीप जेल जाने कि बाहिरै बसेर मुद्दा लड्ने ? निर्णय आजै हुने


  • धनकुटा खबर
  • .

सन्दीप लामिछानेलाई ८ वर्ष कैद पठाउने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन पेश भएको छ।

सन्दीपले आफू थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने मागसहित उनका कानुन व्यवसायीले निवेदन पेश गरेका हुन्।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ मा जर्बजस्तीकरणी भएको ठहर गर्दै पुस २४ मा सजाय तोकेको थियो।

उच्च अदालत पाटनमा पेश भएको निवेदनमाथि अध्ययन भइरहेको बताइएको छ। प्रवक्ता तीर्थराज भट्टराईका अनुसार सन्दीपलाई थुनामा राख्ने वा बाहिरै बसेर मुद्दा लड्न पाउने निर्णयपछि पुनरावेदन निवेदन दर्ता गरिनेछ। मुद्दा दर्ताको अधिकार उच्च अदालतका रजिष्ट्रारलाई दिइएको छ।

सन्दीपका विषयमा आज नै निर्णय हुने प्रवक्ता भट्टराईले बताए। कि त उनी जेल जानुपर्नेछ कि उनले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनेछन्।-भाषा शर्मा/नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖