• Saturday 17th of October 2026

एनआरएनए मुख्य कार्यालयमा तालाबन्दी


  • धनकुटा खबर
  • .

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको बालुवाटारस्थित कार्यालयमा एनआरएनएकै अर्को समुहले पनि तालाबन्दी गरेको छ ।

एनआरएनए अध्यक्ष आरके शर्माको नेतृत्वमा तालाबन्दी भएको हो । कार्यालयमा बद्री केसी समूहले यसअघि नै ताला लगाएको भए पनि त्यसमाथि नै आरके समुहले थप अर्को ताला लगाएको छ ।

ताला लगाउनुअघि आरके समुहले पत्रकार सम्मेलन गर्दै भवन र जग्गाको जिम्मा तत्कालीन कोषाध्यक्ष र महासचिव बद्री केसी र त्यति बेलाको नेतृत्वले लिनुपर्ने बताएको छ ।

बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले अरुले किनेको जग्गा जफत गर्ने फैसला गरेसँगै एनआरएनको भवन भएको जग्गा सरकारी हुने छ । त्यसैले बद्री केसी समुहले कर्मचारीहरुलाई केही दिनको बिदा दिँदै भवनमा ताला लगाएको थियो ।

बालुवाटारको जग्गा किनेर एनआरएनएले ४१ करोड रुपैयाँमा भवन बनाएको थियो । शर्मा नेतृत्वको एनआरएनएले त्यो भवन लिजमा लिएर कम्तीमा ५० वर्षका लागि उपभोग गर्न पाउनुपर्ने माग सरकारसँग गरेको छ ।

बुधबार काठमाडौं महानगरपालिकाले समेत सात दिनभित्र घर खाली गर्न सूचना जारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖