• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अनुगमनकर्ता बनेर बेकरीमा ठगी, दोस्रो पटकमा परे पक्राउ


  • धनकुटा खबर
  • .

काभ्रेपलाञ्चोकमा नक्कली बजार अनुगमनकर्ता बनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार भक्तपुर सूर्यविनायक नगरपालिका-७ का ५० वर्षीय वासुदेव न्यैपाने र ५२ वर्षीय रोशन पोखरेललाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

उनका अनुसार माघ १२ गते बनेपा नगरपालिका-५ घसिला मार्गस्थित उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न आएको भन्दै उनीहरूले पहिलोपटक ठगी गरेका थिए।

‘बेकरी पसलमा गएर अनुगमनको लागि आएको भन्दै पसल सिल गरिदिने भनी डर देखाएर १० हजार रुपैयाँ ठगी गरेका थिए,’ उनले भने, ‘पुनः बुधबार उनीहरू पसल अनुगमन गर्न भन्दै अर्को बेकरीमा प्रवेश गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।’

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ठगी गरेको खुलेको प्रहरीले बताएको छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ विपरीत ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖