• Saturday 17th of October 2026

तीन मन्त्रीको राजीनामा माग्दै एमाले,रास्वपा र राप्रपाद्धारा संसद् अवरुद्ध


  • धनकुटा खबर
  • .

काठमाडौं,११ फागुन । प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।

एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो ।

आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरु एमालेसहित रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका छन् । प्रतिपक्षी दलको अवरोध पनि सभामुख देवराज घिमिरेले एमाले सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईलाई बोल्न समय दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖