• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

त्रिभुवन विमानस्थलबाट सुन मिश्रित कपडासहित भारतीय नागरिक पक्राउ


  • धनकुटा खबर
  • .

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन मिश्रित कपडासहित भारतीय नागरिक पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा इण्डिगो ​एयरलाइन्सको उडानद्वारा दुबईबाट मुम्बई हुँदै काठमाडौं आएका ३५ वर्षीय मोहमद जीशनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लगाएर आएको नीलो रंगको जिन्स पाइन्ट, कालो रंगको गन्जी र खरानी रंगको भित्री वस्त्रमा सुन जस्तो देखिने पहेंलो रंगको लेपनर पेष्‍ट गरिएको भेटिएको थियो ।

यस्तै, उक्त कपडाहरूको तौल गर्दा अन्दाजी २ हजार २१० ग्राम भएकोले आवश्यक कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖