• Saturday 17th of October 2026

अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न माग


  • धनकुटा खबर
  • .

काठमाडाैं । अक्सल क्याम्पसमा एमाले निकट अनेरास्ववियुका नेतामाथि कुटपिट भएकाे छ ।

अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशी अनेरास्ववियु क्याम्पस कमिटीद्धारा आयाेजित कार्यक्रममा सहभागी भएर निस्किदै गर्दा अनेरास्ववियु क्रान्तिकारीका टाेलिले आक्रमण गरेर घाइते बनाएकाे अनेरास्ववियुका प्रवक्ता प्रकाश पाैडेलले जानकारी दिनुभयाे ।

‘आक्रमणकाे अनेरास्ववियु घाेर निन्दा र भर्त्सना गर्दछ’ अनेरास्ववयुबाट जारी विज्ञप्तिमा उल्लेख छ- ‘तत्काल सिसिटिभि फुटेज हेरेर अपराधीलाई अविलम्ब पक्राउ गरेर कारबाही अघि नबढाए हामी प्रतिरोधमा उत्रने प्रशासनलाई चेतावनी दिन चाहान्छौ ।’

विज्ञप्तिमा अस्कल क्याम्पसमा पटक पटक भैरहेको यस किसिमको अपरधिक गतिविधिलाई अन्त्य नगरे निर्णायक लडाइको लागि संगठन तयार रहेकाे उल्लेख गर्दै अपराधीलाई राज्यको आडमा संरक्षण गरिरहेको संगठनलाई र प्रहरी प्रशासनलाई राज्यको आडमा गुण्डागर्दी संरक्षण नगर्न समेत अनेरास्ववियुले आग्रह गरेकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖