• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कसरी चोरी भयो २६ दिनको शिशु?, संदिग्ध महिलाको खोजी सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं- थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंको संदिग्ध महिलाको खोजी थालेको छ।

अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन्। मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ।

अनुसन्धान अधिकृतहरूले फुटेजका आधारमा शिशुको खोजी थालेका छन्। साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरी कहाँ खबर गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताएका छन्।
‘चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन जानुभएको रहेछ,’ उनले भने, ‘आउँदा महिला हिँडिसक्नु भएको रहेछ ।’

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖