• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यसरी नातीले गरे बाजेको हत्या


  • धनकुटा खबर
  • .

रूकुम पश्चिममा नातीले बाजेको हत्या गरेका छन्।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका – १२ का ५१ बर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाती २३ बर्षीय डिल्लीराम खड्का पक्राउ परेका छन्।

शुक्रबार बिहान साढे ६ बजेतिर जुम्लाबाङ बुगेरी सडक खण्डस्थित बैगारी ठाँटीदेखि त्रिबेणी तर्फ जाने सडकको छेउमा हस्तराम मृत फेला परेका थिए।

घटना अनुसन्धान गर्न जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको टोलीले डिल्लीरामले लगाएको चप्पलमा रगत देखेपछि सोधपुछका लागि उनलाई दिउँसो नियन्त्रणमा लिएको थियो।

सोधपुछका क्रममा नाति डिल्लीरामले नै बाजे हस्तरामको हत्या गरेको स्वीकार बयान प्रहरीसमक्ष गरेको इन्स्पेक्टर खड्काले जानकारी दिए।

‘बाजेले नातिलाई किन यसरी रक्सी खान्छस भनेर संझाउन खाजेपछि भनाभन भएको र त्यही क्रममा नातिले बाजेलाई ढकलेर लडाए पछि दउराले प्रहरी गरी हत्या गरेको खुलेको छ,’ प्रहरी निरीक्षक खड्काले भने ‘ मदिराले मातेको नातिलाई सम्झाउन खोज्दा उनकै आक्रमणबाट बाजेको हत्या भएको खुलेको छ।’

बिहीबार राति सामूहिक रूपमा गाउँलेहरूले दाउरा बालेर आगो तापेका थिए। आगो तापेर सबै घर तर्फ लागेपछि हस्तरामले आफ्नो नातीलाई धेरै रक्सी नखान भनी सम्झाउन खोजेका थिए।

त्यसपछि उनी आक्रोशित भएर बाजेलाई सुरुमा धकेलेर लडाएको र पछि बल्दै गरेको दाउरा प्रहार गरेको इन्स्पेक्टर खड्काले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖