• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

चोरी भएको बालिका र आमा केएमसी अस्पतालमा भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौँ । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा चोरी भएको बालिका र आमालाई काठमाडौँ सिनामंगल स्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ ।

बच्चा र आमाको स्वास्थ्यमा समस्या देखिएका पछि उनीहरूलाई शनिवार केएमसी अस्पतालमा भर्ना गरिएको केएमसी अस्पतालका कर्मचारी नारायण दाहालले बताए ।

उनले अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

शुक्रवार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट २२ वर्षीय सविना श्रेष्ठको बच्चा चोरी भएको थियो ।

उनी काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका–३ घर भई काठमाडौँको कपनमा बस्दै आएकी थिइन् ।

उनको २२ दिनको छोरी चोरिएको थियो ।

हाल शिशु चोरी गर्ने महिलालाई काठमाडौँ प्रहरी परिसर टेकुमा राखिएको छ । उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖