• Saturday 17th of October 2026

गठबन्धनका विद्यार्थी संगठनले कुटपिट गरेको भन्दै अनेरास्ववियुले निकाल्याे मसाल जुलुस


  • धनकुटा खबर
  • .

काठमाडाैं । गठबन्धन निकट विद्यार्थी संगठनहरुले आफ्ना नेताहरुलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पसमा मसाल जुलुस निकालेकाे छ ।

सत्ताको आडमा निरन्तर रुपमा आफ्ना नेताहरुमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले शनिबार लैनचौरस्थित अस्कल क्याम्पसबाहिर मसाल जुलुस निकालेका हुन् ।

शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट भएको थियो । अनेरास्ववियुले अखिल क्रान्तिकारीले आफ्ना नेतामाथि कुटपिट भएको आरोप लगाएको छ ।

मसाल जुलुसमा सहभागीहरुले अस्कल क्याम्पसमा छात्रबृतिमा एकलौटी भएको, क्याम्पसमा भ्रष्टाचार भएको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖