• Saturday 17th of October 2026

सशस्त्र प्रहरीको एफओबीमा आगलागी हुँदा हातहतियार तथा गोलीगट्ठा जलेर सखाप


  • धनकुटा खबर
  • .

बारा । सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी हुँदा हातहतियार गोलीगट्ठासहित सबै सामान जलेर नष्ट भएको छ ।

जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

मधेश प्रदेश सशस्त्र प्रहरीका अनुसार एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ । दिउँसो ३ बजेबाट आगलागी सुरु भएको थियो ।

अहिले आगलागी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ । आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको बताइएको छ ।

आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖