• Saturday 17th of October 2026

प्रमुख पार्टीहरु मिलेर मलाई फसाउन खोजे: रवि लामिछाने


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशका प्रमुख पार्टीहरु मिलेर आफूलाई फसाउन खोजेको आरोप लगाएका छन्।

दुई वर्ष अघि सम्म सञ्चारकर्मीका रुपमा आफूले काम गरेर कमाएको जनताको अपार समर्थन देखेर कांग्रेस, एमाले, माओवादीहरू मिलेर आफूलाई फसाउन खोजेको उनको आरोप थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले बाणगंगा नगरपालिकामा राखेको सभामा बोल्दै उनले एक आपसको आलोचन गर्ने ती पार्टीहरुले अहिले भने राष्ट्रिय स्वतन्त्र पाटीको खेदो खन्न सुरु गरेको बताए।

‘घेराबन्दी र चरित्र हत्या गर्न खोजिएको छ, त्यसको हिसाब अब नेपाली जनताले दिनेछन्’ उनले भने ‘एउटा सामान्य सञ्चारकर्मी र सामान्य मान्छेलाई सारा नेपालीको माया मिलेको छ, मलाई यति भन्दा केही चाहिएको छैन। अब यही पुँजीलाई जोगाएर आउँदो निर्वाचनमा रास्वपाको नेतृत्वको सरकार बनाउने छौँ र ३४ वर्ष सम्म देश कसरी ? कसले ? लुटे एक/एकको हिसाब लिनेछौँ।’

उनले जनताको आशीर्वाद पाउँदासम्म आफूलाई कसैसँग लुक्न र झुक्न नपर्ने बताए। ‘३४ वर्षसम्म देशमा शासन गर्नेहरुरुले सम्पत्ति शुद्धीकरणमा मलाई फसाउन खोजेको जनताले राम्ररी बुझेका छन्’ उनले भने।

०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने बताउँदै उनले आगामी चुनावमा आ-आफ्नो पार्टीमै बसेर मत मात्र फेर्न आग्रह गरे।

‘नेपाली जनताले एउटा आशा देखेका छन्, एउटा सपना देखेका छन्, एउटा युग देखेका छन्, त्यो पुरा गर्न हामी तयार छौँ’ उनी भन्छन् ‘अब देशमा कोही भोको पेट बस्न नपरोस्, कसैका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपरुन्, कोही उपचारबाट वञ्चित हुन नपरुन्, यही सङ्कल्प लिएर हिँडेका छौँ।’

लुम्बिनी जस्तो पवित्र ठाउँलाई पनि लुकाउन पर्ने स्थिति आएको बताउँदै उनले भने ‘आज किसानले दुधको मूल्य नपाएर दुध पोख्न परेको छ। जुन किसानले भोट दिएर पठायो, यही भूमिका कृषि मन्त्रीलाई थाहा छैन यहीका किसानका पिडा।’

एउटा गठबन्धन तोडेर अर्को गठबन्धन बनाएका प्रधानमन्त्रीले के गरिरहेका छन् ? आफूलाई थाह नभएको उनले सुनाए। सुनको फाइल खोल्दा आफ्ना साथीहरू नै सुनै सुनका पहेँला देखिने भन्दै उनले करोडौँको घोटालामा मन्त्रीहरुको नाम मुछिएको जिकिर गरे।

‘यता फाइल खोल्दा सरकार ढल्छ, उता फाइल खोले पनि सरकार ढल्छ, प्रधानमन्त्री कता के गर्दै हुनुहुन्छ ?, हैन मलाई यही गठबन्धन चाहिन्छ भन्दै हुनुहुन्छ ? उनले प्रधानमन्त्रीलाई प्रश्न गरे।

पुराना दललाई मत दिएर जिताउनु भनेको फेरि भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिए सरह हुने उनको भनाइ छ।

कार्यक्रममा उपसभापति डिपी अर्याल, केन्द्रीय सदस्य अर्जुन अधिकारी, पशु विज्ञ होम क्षेत्री, लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेल, जिल्ला सभापति शिव सुवेदी, नेता विक्रम थापा लगायतले मन्तव्य दिएका थिए।-किरणमान बज्राचार्य/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖