• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

दुबईबाट ल्याइएको खैलौनाभित्र सुन, भारतीय महिला पक्राउ


  • धनकुटा खबर
  • .

संयुक्त अरब इमिरेट्सको दुबईबाट काठमाडौं आएकी भारतीय महिलाले ल्याएको खेलौनाभित्र सुन फेला परेको छ ।

नेपाल एअरलाइन्सको उडान नम्बर आरए २३० मा बिहान साढे ११ बजे काठमाडौं आइपुगेकी तस्लिम सुल्तान बुशारा ल्याएको खेलौनाको कार्टुनभित्र सुन फेला पारिएको प्रहरीले जनाएको छ ।

भारतीय पासपोर्ट नम्बर पी ४४७५४०१ वाहक हैदरावादकी ३७ वर्षीया बुशारालाई भन्सार क्षेत्रबाट सुरक्षा टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो । उनले ल्याएको कार्टुन भित्रको कफिको धुलो र खेलौनामा स्प्रे गरिएको अन्दाजी १ केजी ४ सय ग्राम सुन बरामद गरिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖