• Friday 16th of October 2026

वडा कार्यालयभित्र युवती मृत फेला, अनुसन्धान गर्दै प्रहरी


  • धनकुटा खबर
  • .

कञ्चनपुर । कञ्चनपुरको एक वडा कार्यालयभित्र युवती मृत अवस्थामा भेटिएकी छिन् ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ ।

मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती रहेको खुलेको छ ।

प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच र मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ । माइती पक्ष पुगेपछि शव पोष्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖