• Wednesday 7th of October 2026

जेलभित्र भएका कैदी मन परेपछि इंगेजमेन्ट, ३० वर्षपछि मात्रै छुट्नेछन्..


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रेम जहाँ पनि, जो कोही संग र कुनै पनि समयमा हुन सक्छ। बेलायतकी २६ वर्षीया युवतीले अमेरिकी जेलमा रहेका कैदीलाई आफ्नो मन दिएकी छन् । हालै यी दुबैले पहिलो पटक भेटेका थिए, जहाँ यो जोडी एकअर्कालाई किस गरेको देखियो । दुवैले अहिलेसम्म औपचारिक रूपमा विवाह गरेका छैनन् तर यी दुवैले एकअर्कालाई श्रीमान्–श्रीमतीको रूपमा मान्छन् ।

एसेक्स (बेलायत)की २६ वर्षीया नाओमी वाइज अमेरिकाको मिशिगन जेलमा रहेका ३१ वर्षीय कैदी भिक्टर ओक्वेन्डोसँग प्रेममा परेकी हुन् । दुवैको भेट ‘पेन पाल योजना’ अन्तर्गत भएको थियो । दुवै दुई वर्षदेखि सम्पर्कमा थिए । लामो कुराकानीपछि नाओमीले उनको उपनाम ‘एनिमल’ राखिन् ।नाओमी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्, उनी आफ्नो जीवनका बारेमा खुलेर कुरा गर्छिन् । ‘जेल पत्नी’ भएकाले उनी सामाजिक सञ्जालमा धेरै कुरा सेयर गरिरहन्छिन् । भिक्टरले दुई विरोधी व्यक्तिको हत्या गरेका थिए, जसका कारण उनी जेलमा छन्। भिक्टरले आफ्नो सजायको १२ वर्ष जेलमा बिताएका छन्।

नाओमीले थप भनिन्, ‘हामी दुवैले पूरा समय एकअर्कालाई खुवाएर हाँसेर बितायौं ।’ डेलीमेलको रिपोर्टका अनुसार उनी सोमबार म्यानचेस्टरस्थित आफ्नो घरबाट मिशिगन (अमेरिका) पहिलो पटक भिक्टरलाई भेट्न गएकी थिइन् । नाओमीले भनिन् कि उनका ‘पति’ले उनको अनुहार समातेर जोडले किस गरे।

भिक्टरले उनलाई तीनवटा औंठी पनि उपहार दिएका छन्, इंगेजमेन्ट र विवाहको औंठी सहित। भिक्टरसँगको भेटको अनुभवका बारेमा उनले भनिन्, ‘सुरक्षा पार गर्दै उनीकहाँ पुगें । पहिले मैले उनको टाउको पछाडिबाट देखे। उनलाई हेरेर मलाई अचम्म लाग्यो के यो सत्य हो ? म धेरै नर्भस थिएँ। मेरो पुरै शरीर काँपिरहेको थियो ।

भिक्टरले सन् २०३४ मा पेरोल पाउन सक्ने भए पनि आफ्नो अपराधको लागि २०५२ सम्म जेलमा रहन सक्नेछन् । नाओमीले भिक्टरलाई छिट्टै रिहा गर्नको लागि निवेदन सुरु गरेकी छिन् । जसका लागि हालसम्म २६ हजारभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖