• Wednesday 7th of October 2026

युक्रेनले सार्वजनिक गर्‍यो पाँच जना नेपाली युद्धबन्दी


  • धनकुटा खबर
  • .

युक्रेनले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका ५ जना नेपालीसहित ८ जनाई विदेशी सैनिकलाई सार्वजनिक गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार यक्रेनी सेनाले गत शुक्रबार ५ नेपाली, तीन क्युबाली तथा एक/एकजना सोमालिया र सियरलियोनाका नागरिक सार्वजनिक गरेको हो । उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ।

यो युद्धमा तेस्रो देशका नागरिक सामेल नहुन् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरेको युक्रेनी सरकारले जनाएको छ।
नेपालस्थित परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनमा बन्दी बनाइएका रुसी सेनामा रहेका ६ नेपालीमध्ये नै ५ नेपाली सार्वजनिक गरिएको हो। ।

राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर नगरपालिका-६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ-२ मोरङका विकास राई, दाङका प्रतिक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछानेलाई बन्दी बनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖