• Tuesday 6th of October 2026

वैज्ञानिकहरूको कोशिकाबाट एचआइभीलाई सफलतापूर्वक अलग गरे, अब एचआइभी पूर्ण निको हुन सक्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । वैज्ञानिकहरूले जीन सम्पादन प्रविधि प्रयोग गरेर एचआईभीलाई कोशिकाबाट सफलतापूर्वक अलग गरेको बताएका छन्।

वैज्ञानिकहरूका अनुसार उनीहरूले नोबेल पुरस्कार विजेता क्रिस्पर जीन सम्पादन प्रविधि प्रयोग गरी एचआईभीलाई संक्रमित कोषबाट अलग गर्न सफलता पाएका हुन् ।

यो प्रविधिको प्रयोग गरेर उनीहरुले आणविक तहमा कैंची जस्तै डीएनए काटेर संक्रमित अङ्गहरु छुट्याएका छन् ।युनिभर्सिटी अफ एम्स्टर्डमको टोलीले यस विधिबाट एचआईभी संक्रमणलाई शरीरबाट हटाउन सकिने आशा गरेको बताएको छ ।

तर, यसै साता भएको मेडिकल कन्फ्रेन्समा यससँग सम्बन्धित अनुसन्धानका बारेमा थप जानकारी दिँदै टोलीले भने कि हालको अनुसन्धानले यसरी कोशिकाको डीएनएको संक्रमित भागलाई हटाउन सकिने अवधारणालाई प्रमाणित गर्छ तर यो विधि चाँडै एचआईभी निको हुन्छ भन्ने होइन।

हालसम्म उपलब्ध औषधिहरूले एचआईभीलाई फैलिनबाट रोकेर उपचार गर्छ, तर तिनीहरूले यसलाई शरीरबाट पूर्ण रूपमा हटाउन सक्दैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖