• Tuesday 6th of October 2026

चलचित्र ‘महाजात्रा’को बम्पर ओपनिङ, एकैदिन १ करोडमाथिको ग्रस कलेक्सन


  • धनकुटा खबर
  • .

काठ्माडौं। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ले बम्पर ओपनिङ गरेको छ ।

चलचित्र ‘महाजात्रा’ले पहिलो दिन नै १ करोड माथिको ग्रस कलेक्सन गरेको छ। रिलिज भएको पहिलो दिन नै चलचित्रले देशव्यापी रूपमा १ करोड २३ लाखको व्यापार गरेको हो।

पहिलो दिन नै चलचित्रका सबै टिकटहरु हाउसफुल भएका थिए।

आज र भोलिसम्मका अनलाइन बूकिङहरु हेर्ने हो भने पनि लगभग हाउसफुल नै छन्। आज शनिबार र भोलि पनि सार्वजनिक बिदा भएकाले चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गर्ने लगभग निश्चितै छ। हाउसफुल भएपछि शोज थपिनेक्रम पनि सुरु भएको छ ।

निर्माता दीपेश खत्री ‘म्याक्स’ले काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको बताए ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो ।

‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ । आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो ।

चलचित्रमा हरिवंश आचार्य, बिपिन कार्की , वर्षा राउत, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, दिब्य देब, आदि लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।

चलचित्रका निर्माताहरु म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल हुन् भने चलचित्रको कथा निर्देशक भट्टराईले स्वयं लेखेका हुन्।

‘महाजात्रा’ ‘जात्रा’, ‘जात्रै जात्रा’ पछिको तेस्रो सिरिज हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖