• Tuesday 6th of October 2026

क्याप्सिकम खानुका फाइदा अनेक


  • धनकुटा खबर
  • .

काठमाडौँ । तपाईंले प्रायः चाइनिज खानामार्फत क्याप्सिकमको उपभोग गर्नुभएको होला । खानामा क्याप्सिकमको प्रयोग स्वाद बढाउनमा मात्र सीमित छैन। यसलाई आफ्नो आहारमा समावेश गर्नाले तपाईंले राम्रा फाइदाहरू प्राप्त गर्न सक्नुहुन्छ।

क्याप्सिकम पहेँलो, रातो र सुन्तला रङमा पनि पाइने भए पनि खानामा यसको प्रयोग विरलै हुन्छ । यसको एउटा कारण हरियो क्याप्सिकमको तुलनामा यसको मूल्य निकै महँगो हुन्छ।

हेल्थलाइनका अनुसार क्याप्सिकम धेरै प्रकारका पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ। यसमा एन्टिअक्सिडेन्ट, कार्बोहाइड्रेट, फाइबर, भिटामिन ए, भिटामिन सी, भिटामिन के, पोटासियम, भिटामिन बी–६, क्यालोरी र प्रोटिन राम्रो मात्रामा पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

हरियो क्याप्सिकमको सेवन आन्द्राका लागि फाइदाजनक मानिन्छ । वास्तवमा क्याप्सिकममा धेरै मात्रामा फाइबर पाइन्छ। जसले गर्दा पाचन प्रणाली मजबुत हुन्छ र आन्द्राको क्यान्सर जस्ता रोगको जोखिम कम हुन्छ ।

हरियो क्याप्सिकम खाँदा मुटु रोगको जोखिम कम हुन्छ । किनभने खानामा क्याप्सिकम समावेश गर्दा कोलेस्ट्रोल, ब्लड सुगर लेभल र ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत गर्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ । यससँगै क्याप्सिकममा लुटेन नामक तत्त्व पनि पाइन्छ जसले आँखाको ज्योति बढाउन मद्दत गर्छ ।

हरियो क्याप्सिकम शरीरको तौल कायम राख्न धेरै प्रभावकारी हुन सक्छ। वास्तवमा क्याप्सिकम कम बोसोयुक्त खाना हो र यसमा राम्रो मात्रामा फाइबर हुन्छ। जसका कारण हरियो क्याप्सिकमलाई आफ्नो आहारको हिस्सा बनाउनाले मोटोपना घटाउन मद्दत गर्छ र पेटको बोसो पनि कम हुन थाल्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖