• Tuesday 6th of October 2026

भरतपुर अस्पतालमा कार्यरत स्त्रीरोग विषेशज्ञ डा.सजन केसीको निधन


  • धनकुटा खबर
  • .

चितवन। चितवनको भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा. सजन केसीको निधन भएको छ । डा.केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण आज काठमाडौँमा निधन भएको हो ।

विगत ६ बर्षदेखि भरतपुर अस्पतालमा काम गर्दै आएका केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो । उनी अस्पतालका १० औं तहका चिकित्सक हुन् ।

अस्पतालको प्रसुति विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेलले डा.के.सी.ले विहिबार विदा लिएर आफ्नो घरायसी कामका लागि भन्दै काठमाण्डौं गएको बताए । ‘डा. केसीलाई मुटुमा केही पहिल्यैदेखि समस्या भएको भन्ने थाहा पाएको थिएँ । हेर्दा त त्यस्तो केही लाग्दैनथ्यो, काम गरिरहनुभएकै थियो, तर अचानक यस्तो घटना भयो,’ डा. पोखरेलले भने, ‘उहाँलाई अस्पताल पनि लैजान भ्याइएन भन्ने सुनेको छु ।’

डा. के.सी. विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत थिए । डा. पोखेरेल पछिको बरियतामा रहेका डा. के.सी.को निधनले स्त्री तथा प्रसुति रोगको क्षेत्रमा ठूलो क्षति भएको डा. पोखरेलले बताए ।

‘यतिको जनशक्ति तयार गर्न धेरै वर्ष लाग्छ, असाध्यै मेहनती पनि हुनुहुन्थ्यो, अस्पतालमा मेरो अनुपस्थितीमा उहाँले नै सबै व्यवस्थापन गर्नुहुन्थ्यो,’ डा. पोखरेलले भने, ‘अल्पायूमा नै यस्तो घटना भयो ।’

चितवनको पुरानो मेडिकल कलेजबाट एमबिबिएस गरेका के.सीले नेम्सबाट एमडी गरेका हुन् । उनको घर पश्चिम खलंगा भए पनि उनी पछिल्लो समयमा काठमाण्डौं सिफ्ट भएका थिए । भरतपुरमा भाडामा नै बसेर बिरामीको सेवा गर्दै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖