• Wednesday 7th of October 2026

बिग बोसको ‘गधा’ सलमान खानका लागि समस्या


  • धनकुटा खबर
  • .

मुम्बई । पिपल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) इन्डियाले बुधबार बलिउड अभिनेता सलमान खानलाई पत्र लेखेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सलमान खानलाई ‘बिग बोस १८’ को सेटबाट गधा हटाउन अपिल गरिएको हो ।

खानलाई पठाएको पत्रमा पेटा इन्डियाले गधाको प्रयोगप्रति चिन्ता व्यक्त गरेको छ । रियालिटी शो ‘बिग बोस १८’ मा ‘गधराज’ १९ औँ प्रतियोगीका रूपमा प्रस्तुत भएका छन् ।

(पेटा) इन्डियाका प्रतिनिधि शौर्य अग्रवालले सलमान खानलाई लेखेको पत्रमा भनिएको छ, ‘उहाँले आफ्नो प्रभाव प्रयोग गरेर शोका निर्माताहरूलाई मनोरञ्जनका लागि जनावरहरू प्रयोग नगर्न अनुरोध गर्नुपर्दछ।

यसले जनावरहरूलाई तनाव र दर्शकहरूलाई असुविधा मात्र रोक्दैन, एउटा बलियो उदाहरण पनि बन्ने छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖