ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशलाई उपहारमा दिएको माता कालीको मुकुट चोरी भएको छ । बंगलादेशको जेशोरेश्वरी मन्दिरबाट माता कालीको बहुमूल्य मुकुट चोरी भएको हो।
रिपोर्टका अनुसार यो मुकुट प्रधानमन्त्री नरेन्द्र मोदीले २०२१ मा आफ्नो भ्रमणका क्रममा उपहार दिएका थिए । बंगलादेशी पत्रिका डेली स्टारका अनुसार चाँदीले बनेको यो मुकुट बिहीबार दिउँसो २ बजेदेखि २ः३० बजेतिर चोरी भएको हो । त्यतिबेला मन्दिरका पुजारी दिलीप मुखर्जी पूजा सकेर मन्दिरबाट बाहिर निस्केका थिए । पछि सफाइ कर्मचारीले देवीको टाउकोबाट मुकुट हराइरहेको पाए ।
