तमिलनाडु । तिरुचलापल्लीबाट शारजाहका लागि उडेको एयर इन्डिया एक्सप्रेसको विमानले आकस्मिक अवतरण गरेको छ ।
शुक्रबार साँझ ५ः४० बजे उडान भर्ने बित्तिकै विमानको हाइड्रोलिक सिस्टम फेल भएको थियो ।
यसपछि विमान करिब ३ घण्टासम्म आकाशमा घुमिरह्यो । यस पछि, विमान लगभग भारतीय समयअनुसार ८ बजेर १५ मा सुरक्षित अवतरण भयो।
एयर इन्डिया एक्सप्रेसको उडान नम्बर एएक्सबी ६१३ मा १४१ यात्रु र चालक दलका सदस्य सवार थिए। सिस्टम फेल भएको थाहा पाएलगत्तै विमानस्थलमा आपतकाल घोषणा गरिएको थियो ।
जानकारी अनुसार पाइलट विमानमा रहेको इन्धन घटाउन आकाशमा परिक्रमा गरिरहेका थिए ।
