• Sunday 4th of October 2026

पहिचान खुल्न नसकेका शव र हराएका व्यक्तिको विवरण सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाण्डाै – लामो समयदेखि पहिचान खुल्न नसकेका शव र हराएका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

दुर्घटना, प्राकृतिक विपद् वा अरु कारणबाट ज्यान गइ पहिचान हुन नसकेका वा हकवाला र आफन्तले फेला पार्न नसकी बेवारिसे भएका शवको उचितरूपमा व्यवस्थापन गर्ने उद्देश्यले विवरणसहित छुट्टै वेबपेज बनाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण वेबसाइट (udb.nepalpolice.gov.np) मार्फत् हिजो सार्वजनिक गर्नुभएको हो । वेबसाइटमा शनाखत हुन नसकेका ७४ शव र हराएका ५ हजार ७ सय ७६ जनाको विवरण राखिएको छ।

वेबसाइटमा हराएका व्यक्तिहरूको फोटोसहितको विवरण राखिएको छ । प्रहरीका अनुसार वेबसाइटमा भएका व्यक्तिको कसैले पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖