• Saturday 28th of November 2026

गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा, ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयको मिति २०८३ मङ्सिर ११ गतेको निर्णयानुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर भएका छन्। मन्त्रालयको निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, अध्यागमन विभाग, कालिकास्थानका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहसचिवमा सरुवा गरिएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ।

यसैगरी, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत अन्य ५ जना सहसचिवहरूलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ। जसअनुसार गिता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्र कुमार मिश्रलाई दैलेख, विमल प्रसाद बराललाई महोत्तरी, शिव प्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖