• Sunday 4th of October 2026

पैँसा नदिएपछि साथीसँग मिलेर हजुरआमाकाे बीभत्स हत्या


  • धनकुटा खबर
  • .

धनगढी । दार्चुलामा भदौ ९ गत हतियार प्रहार गरि हत्या गरिएकी वृद्धाका हत्यामा संगलग्न आरोपितलाई सार्वजनिक गरिएको छ ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ स्थित टोपालीकी ८५ वर्षीया वृद्धा भागरथी चन्दको भदौ ९ गते चक्कु प्रहारबाट हत्या गरिएको थियो । उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको थियो । आइतबार उनको हत्या आरोपितलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हाे ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी) तर्कराज पाण्डेले पत्रकार सम्मेलन गरी हत्या आरोपमा पक्राउ परेका नातिसहित दुई जनालाई सार्वजनिक गरे ।

वृद्धा चन्दको हत्या आरोपमा उनका नाति मालिकार्जुन गाउँपालिका– ७ का २१ वर्षीय दिपक चन्द र दुहु गाउँपालिका–३ का १८ वर्षीय आशीष बमलाई प्रहरीले सार्वजनिक गरिएकाे हाे ।

भदौ ८ गते हजुरआमाले पैसा नदिएपछि हत्या गरी उनीहरु फरार रहेका थिए । फरार आरोपित दुबै जनालाई प्रहरीले भिमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बसपार्कबाट भदौ १२ गते पक्राउ गरेको भए पनि घटनाको अनुसन्धान पछि आरोपितलाई आज सार्वजनिक गरेको हो ।

उनीहरुले घरमा एक्लै रहेकी वृद्धा एकल महिलालाई दुवै जनाले धारिलो हतियार हसिया, कैची र चक्कुले प्रहार गरी हत्या गरेकोे स्वीकार गरेका छन् ।

वृद्धाको हत्या पछि उनीहरुले १०० दरका अमरेकी डलरकापाँच नोट तथा १००० को कोरियन नोट १ नेपाली ४० हजार रुपैयाँ र एक तोला सुन लुटेर फरार भएका थिए । उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुर तथा अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको डिएसपी पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖