• Sunday 29th of November 2026

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ३ हजार १९५ रुपैयाँ रहेको चाँदी आज ३ हजार २१५ रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख १२ हजार ७०५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ७५६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖