काठमाडौं, भदौ १८ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १३ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो पनि अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
