• Sunday 4th of October 2026

वर्षा रोकियो, कभर हटाइदै


  • धनकुटा खबर
  • .

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा वर्षा रोकिएको छ । नेपाल र भारतबीचको खेल वर्षाको कारण रोकिएको छ । वर्षाको कारण एक घण्टा भन्दा बढी समय खेल रोकिएको छ । मैदानका कर्माचारी कभर हटाउने तयारी गरेका छन् ।

पुन वर्षा नभएको खण्डमा खेल हुनेछ । तर पुन वर्षा भएमा खेल हुने सम्भावना कम देखिन्छ । पुन खेल सुरु हुँदा ओभर घट्ने छ । झण्डै पाँच मिनेट बराबर एक ओभर घट्ने गर्दछ ।

ओभर घट्दा लक्ष्य पनि घट्नेछ । २० ओभरमाथि ओभर घट्ने अनुमान गरिएको छ । कभर हटाएपछि अम्पायरले मैदानको पुन निरिक्षण गर्नेछन् । त्यसपछि मात्रै खेल सुरु हुने समय र घट्ने ओभर थाहा हुनेछ । खेलको कट अफ टाइम अर्थात अन्तिम सुरु हुने समय १० : २० रहेको छ । नेपाली समय अनुसार राती १०ः ३५ सम्म खेल सुरु हुन नसके रद्द हुनेछ । त्यसअघि सुरु भएमा २० ओभर हुने सम्भावना रहन्छ ।रद्द हुँदा भारत सुपर फोरमा पुग्नेछ ।

नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन् । रोहित शर्मा ७ बलमा १ चौकासहित ४ रनमा क्रिजमा छन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए ।

अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖