• Sunday 4th of October 2026

मधेश प्रदेश सभा सदस्य अनिरुद्ध कुमार सिंह पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । मधेश प्रदेश सभाका सदस्य अनिरुद्ध कुमार सिंहलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ ।

सप्तरी निर्वाचन क्षेत्र नं ४ (२) बाट निर्वाचित सिंहलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दाका फरार आरोपी यादवलाई राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहाका माओवादी नेता ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको २०६४ असार ९ गते बोदे बरसाइन नगरपालिका २ नेङ्गडा वैरिया टोलमा अपहरणपछि गोली हानी हत्या गरिएको थियो । सोही हत्या आरोप सिंह माथि लागेको छ ।

सो घटनामा जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दर्ता भएको थियो । उजुरी दर्ता भई अदालतमा अभियोग पत्र दायर भए पनि यादव अदालतमा उपस्थित नभएर फरारको सूचीमा हुनुहुन्थ्यो ।

चौधरीको हत्यामा संलग्न भएको घटनामा ०६८ चैत १९ गते अदालतमा मुल्तबीमा राखिएको मुद्दामा यादव सहित नौ जना आरोपी छन् । पक्राउ परेका यादवलाई सोमबार नै प्रहरीले सप्तरी जिल्ला अदालतमा पेस गरेको छ ।

गएको निर्वाचनमा यादवले ९ हजार ९८५ मत ल्याउनु भएको थियो । उहाँ जनता समाजवादी पार्टीका विद्रोही उम्मेदवार बनेर स्वतन्त्र चुनाव लड्नु भएको थियो । यादवले जसपाका अभिषेक यादवलाई २ हजार ६५ मतले पराजित गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖