• Sunday 29th of November 2026

शिक्षक महासंघद्वारा ‘निर्णायक आन्दोलन’ को चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विगतका सहमति कार्यान्वयन र शिक्षक-कर्मचारीका पेसागत मागहरू सम्बोधन नभए कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।

महासङ्घको राष्ट्रिय समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकार र शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

महासङ्घका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगतमा नेपाल सरकार र महासङ्घबीच भएका सहमतिहरू कार्यान्वयन नभएकै कारण शिक्षक-कर्मचारीले लामो समयदेखि उही माग र मुद्दामा लडिरहनुपरेको उल्लेख छ ।

राज्यले वार्तामा सहमति गर्ने तर कार्यान्वयनमा इमान्दार र जिम्मेवार नहुने चरित्र देखाएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘विशाल जनमतसहित गठित वर्तमान सरकारले पनि शिक्षक-कर्मचारीका पीरमर्कामा कुनै संवेदनशीलता देखाएको पाइँदैन । यही परिस्थिति निरन्तर रहेमा महासङ्घ कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुनेछ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖