• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

शाहरूखको फिल्म ‘जवान’ ले पहिलो दिनमै कमायो ७५ करोड


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले पहिलो दिनमै ७५ करोड कमाइ गरेको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार पहिलो दिन भारतीय बक्स अफिसमा ७५ करोड कमाई गर्दै फिल्म जवानले अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको हो।

हिन्दी सिनेमाको इतिहासमा अहिलेसम्म ‘पठान’ ले एकै दिनमा सबैभन्दा धेरै कमाइ गरेको थियो। तर जवानले पठानलाई पनि छोडेर पहिलो दिन ७५ करोड कमाएको छ।

फिल्म जवान बिहीबारदेखि प्रदर्शनमा आएको थियो। एटली कुमारले निर्देशन गरेको फिल्म जवानमा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖