• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

तृणमूल कांग्रेसले भाजपाबाट पश्चिम बंगालको धुपगुरी सीट खोस्यो


  • धनकुटा खबर
  • .

कोलकाता । पश्चिम बंगालको जलपाईगुडी जिल्लाको धुपगुरी विधानसभा सीट सत्तारुढ तृणमूल कांग्रेसले भारतीय जनता पार्टीबाट खोसेको छ। समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार तृणमूलका उम्मेदवार निर्मल चन्द्र रायले ४३१३ मतको अन्तरले सिट जितेका छन् ।

पेशाले कलेजका प्राध्यापक निर्मल चन्द्र रोयले ९६ हजार ९६१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी भाजपाकी तापसी रोयले ९२ हजार ६४८ मत प्राप्त गरिन् । तापसी रोय सन् २०२१ मा जम्मू कश्मीरमा भएको चरमपन्थी हमलामा मारिएका सीआरपीएफ जवानकी पत्नी हुन् ।

धुपगुरी सिटमा सीपीएमका उम्मेदवार ईश्वरचन्द्र रायले १३ हजार ६६६ मत पाएका छन् । यो सिटमा कांग्रेसले सीपीएमलाई समर्थन गरेको थियो ।

उता उत्तराखण्ड राज्यको बागेश्वर विधानसभा सीटमा भने सत्तारुढ भारतीय जनता पार्टीले फेरि जित हात पारेको छ । बीजेपी उम्मेद्वार पार्वती दासले कांग्रेसका वसन्त कुमारलाई २४०० मतको अन्तरले हराएकी छन्।

पार्वती दासले ३३ हजार २४७ र वसन्त कुमारले ३० हजार ८४२ मत प्राप्त गरेको बागेश्वरका जिल्ला अधिकारी तथा निर्वाचन अधिकृत अनुराधा पालले जानकारी दिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖