• Sunday 4th of October 2026

भारतले क्यानडामा बस्ने भारतीयलाई सतर्क रहन भन्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । भारत सरकारले क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूका लागि ‘एडभाइजरी’ जारी गरेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा सेयर गरेका छन् ।
भारत सरकारले आफ्नो एडभाइजरीमा भनेको छ, “क्यानडामा भारत विरोधी गतिविधि, राजनीतिक रूपमा प्रेरित घृणित अपराध र आपराधिक हिंसाको बृद्धिलाई ध्यानमा राख्दै, त्यहाँ बसोबास गर्ने सबै भारतीयहरूलाई सतर्क रहन अपील गरिएको छ।”

भारतीय नागरिकहरूलाई सल्लाह दिइएको छ, “क्यानडामा भर्खरै भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डा विरुद्ध आवाज उठाउने भारतीय समुदायका सदस्यहरूलाई लक्षित गरी धम्की आएको छ। त्यसैले भारतीय नागरिकहरूलाई क्यानाडामा त्यस्ता क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइन्छ।”

“हाम्रो उच्चायोग/महावाणिज्य दूतावास क्यानाडामा भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्न क्यानाडाली अधिकारीहरूसँग सम्पर्कमा छ,” विज्ञप्तिमा भनिएको छ।

भारत सरकारले क्यानडामा बिग्रँदै गएको सुरक्षा वातावरणमा विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यन्त सावधानी अपनाउन सल्लाह दिएको छ। क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूलाई ओटावामा रहेको भारतीय उच्चायोग र टोरन्टो र भ्यानकुभरमा रहेको भारतीय महावाणिज्य दूतावासमा दर्ता गर्न पनि सल्लाह दिइएको छ।

सरकारले भनेको छ, “यसो गरेर कुनै पनि आपतकालिन अवस्थामा उच्चायोगले सिधै सम्पर्क गर्न सक्ने सुनिश्चित गरिनेछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖